२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले शुक्रबार ‘सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण’ सम्बन्धमा छलफल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग र मालपोत विभागका अधिकारीहरूलाई छलफलमा बोलाएको थियो । तर, मूल विषयमा समिति प्रवेश गर्नै सकेन । कारण– बैठकको सुरुमै सरकारी अधिकारीहरू जमिन वर्गीकरणको यकिन तथ्याङ्क नरहेको भन्दै पन्छिए । ‘जमिन वर्गीकरणको सबै विवरण अहिलेको अवस्थामा दिन सकिँदैन’ भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले भने, ‘यकिन तथ्याङ्क संकलन गर्न खोजिएकै हो । तर अनेक समस्या छन् । व्यवस्थित अभिलेख छैन ।’ बरू देशभर पुनः नापजाँच गर्ने सरकारको चाहना रहेको उनले सुनाए । ‘देशभर पुनः…

<span;>चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेबि खड्काको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य,वडा अध्यक्ष ,विभिन्न शाखाका प्रमुखहरु,वडा सचिब विभिन्न संघ संस्था ,पत्रकार गरि ३७ जनाको सहभागिता रहेको थियो।बालबालिका महिला र युबा अधिकार का लागि समाबेशी वकालत का अभियानहरु यस परियोजना अन्तर्गतका क्रियाकलाप हरु रहेको परियोजना सम्योजक माया अधिकारीले बताउनु भयो।उहाँको भनाइअनुसार बालबिबाह,बालश्रम ,लागुपदार्थ दुर्ब्यसन छाउपडी प्रथा ,महिला हिंसा न्यूनीकरण ,गुणस्तरीय शिक्षा ,जिबिकोपार्जन लगायतका क्षेत्रमा यश परियोजनाले महत्त्वपूर्ण भुमिका निर्बाह गर्नेछ।घर भित्र का साना साना व्यवहार परिबर्तन गर्दै विभिन्न क्षेत्रमा सुधारिएको समाज बनाउने किसिमका क्रियाकलाप रहेकाले यो परियोजना विशेष रहेको उक्त कार्यक्रमको प्रस्तुतिमा बताइएको थियो।

<span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको ३५ औं जिल्ला वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । विपद्काे समयमा सवैले रेडक्रसलाई सम्झीरहने र रेडक्रसको उपस्थितिबाट प्रभावित व्यक्तिहरुले सुरक्षाको महशुस गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि गौरीनन्द आचार्यले वताउनु भयो । <span;>पवित्र सेवा भावले सेवा प्रदान गर्नुे , रेडक्रसका सिद्धान्त अनुरुप कार्य गर्नु नै रेडक्रसको मूल धर्म रहेको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले वताउनु भयाे । <span;>राष्ट्रको ऐन, कानून र नियमको पालना गर्दै राष्टियता, जातजाति ,वर्ग, धर्म र राजनितिक विचारधारको आधारमा विना भेदभाव विशुद्ध मानविय सहायतामा कृयाशिल रहेको रेडक्रसको आफ्नो छुट्टै पहिचान र असतित्व रहेको शाखाका का.वा.…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले हार्वर्ड युनिभर्सिटी, हावार्ड मेडिकल स्कुलमा दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे प्रस्तुति दिएका छन्। अमेरिकाको म्यासाचुसेट्स ,बोस्टनस्थित हार्वर्डमा पुगेर डाक्टर रावलले नेपालको कर्णाली जस्तो दुर्गममा चिकित्सा शिक्षा र सेवाका विषयमा प्रस्तुति दिएका हुन्। उनलाई त्यहाँ नोट स्पिकरुका रुपमा निम्त्याइएको थियो। उक्त कार्यक्रममा प्रा।डा। जया मुखर्जी, प्रा।डा। विक्रम पटेल हावार्डका ग्लोबल हेल्थ र सोसियल मेडिसिन विभाग प्रमुख, अन्य फ्याकल्टी र चिकित्साका विद्यार्थीहरु सहभागी भएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सामा आम जनताको पहुँच पुर्याउने गरेको योगदानका लागि डा रावलको प्रस्तुति पछि प्रशंसा गरेका थिए। उनीहरुले प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएको डा.…

सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।