खोज्नुहोस

Advertisement

राजनीति

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

सुर्खेत — कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो । कर्णाली प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ । दलित समुदायमाथि हुने छुवाछुत तथा जातीय भेदभाव जस्ता असमान व्यवहारलाई अन्त्य गर्दै दलित समुदायको मानवअधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चितता गर्न विधेयक ल्याइएको हो । तत्कालीन सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले २७ जेठ २०८१ मा उक्त विधेयक प्रदेशसभामा पेस गरेका थिए ।
Read More
खत्याड क्याम्पस मुगुमा नेबिसंघको नेतृत्वमा स्ववियु पदाधिकारी सर्बसम्मत

खत्याड क्याम्पस मुगुमा नेबिसंघको नेतृत्वमा स्ववियु पदाधिकारी सर्बसम्मत

मुगु – मुगुको खत्याड क्याम्पसमा स्ववियु पदाधिकारी सर्बसम्मत चयन गरिएको छ ।चतुरदेव, हीरा, सुरेन्द्र, पूर्ण क्याम्पसमा मंगलबार उम्मेदवार मनोनयन दर्ता गर्दा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले समझदारिमा स्ववियु पदाधिकारी सर्बसम्मत चयन भएको नेबि संघ जिल्ला अध्यक्ष सोबिन्द्रबहादुर मल्लले बताउनु भयो ।  २०६४ सालमा स्थापना भएको  चतुरदेव, हीरा, सुरेन्द्र, पूर्ण क्याम्पसमा पहिलो चोटी नेबिसंघको नेतृत्वमा स्ववियु पदाधिकारी चयन भएको उहाको भनाई छ । उक्त स्ववियु पदाधिकारीहरुमा अध्यक्ष पदमा नेविसंघका धनचन्द्र कार्की,उपाध्यक्षमा अखिल क्रान्तिकारीका गणेश परिवार,सचिवमा अनेरास्ववियुका गोविन्द्र विटालु,कोषाध्यक्षमा अखिल क्रान्तिकारीका नर बहादुर रावत र सह सचिवमा ज्ञानुमाया कार्की सर्व सम्मत निर्वाचित भएका छन ।सदस्यमा नेविसंघबाट जानकी उपाध्याय,मनिसा कार्की,प्राप्ती रावत,सुमित्रा शाही,अखिल क्रान्तिकारीबाट…
Read More
जुम्ला क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित

जुम्ला क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित

जुम्ला । जुम्ला वहुमुखी क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित भएका छन् । चैत ५ गते सम्पन्न निर्वाचनबाट १ सय १४ मत प्राप्त गर्दै अनेरास्ववियू बाट लाेकेन्द्र बुढा सभापतिमा निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन् । सभापतिमा निकटम प्रतिदाेन्दी अखिल (क्रान्तिकारी) का जय कृष्ण जैसीलाई ९ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिष्प्रर्धी जैसीले भने १ सय ९ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले भने ८८ मत मात्रै प्राप्त गरेका छन् । कूल मतदाता संख्या ३सय ३४ रहेकाेमा ३ सय १८…
Read More
गण्डकीबाट प्रचण्डलाई बाबुरामले दिएको राजनीतिक सन्देश

गण्डकीबाट प्रचण्डलाई बाबुरामले दिएको राजनीतिक सन्देश

२९ जेठ, पोखरा । बहुमत पुर्‍याउने समझदारी भएपछि नै आत्मविश्वासका साथ संसदमा आफूलाई परीक्षण गरेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गर्न सफल भए । उनले विश्वास जित्नुका पछाडि प्रमुख निर्णायक राप्रपा थियो तर चर्चा र सबैको ध्यान नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ताने । माओवादी संसदीय दलका सदस्य भनिएका देवकोटाले विश्वासको मत दिँदा मुख्यमन्त्री पाण्डेले बहुमतमात्र पुर्‍याएनन्, गण्डकीले राजनीतिक सन्देशसमेत दिएको छ । गण्डकीको निर्णायक शक्ति बनेको राप्रपाले उनलाई साथ दिने निर्णय नै गरेकाले अनपेक्षित थिएन । स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ ९दीपक मनाङे० ले जता ३० पुग्छ,…
Read More
पछाईं राष्ट्रिय यूवा संघको केन्द्रीय सचिवमा मनोनित

पछाईं राष्ट्रिय यूवा संघको केन्द्रीय सचिवमा मनोनित

जुम्लाकी शारदा पछाईंलाई राष्ट्रिय यूवा संघले केन्द्रीय सचिवमा मनोनित गरेको छ। एमाले निकट संगठन राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय कमिटीको सचिवमा पछाई मनोनित भएकी हुन। लामो समयदेखि युवा आन्दोलन रचनात्मक गतिविधि तथा सामाजिक अभियानताको रुपमा सक्रीय पछाईलाई राष्ट्रिय यूवा संघले केन्द्रीय सचिवको जिम्मेवारी दिएको हो। गहन जिम्मेवारी प्राप्त भएको भन्दै नेतृ पछाईंले यूवालाई मुलधारमा ल्याउन निरन्तर लागिरहने प्रतिक्रिया दिएकी छन ।  
Read More
error: Content is protected !!