खोज्नुहोस

Advertisement

रोचक

हार्वर्डमा कर्णालीका डाक्टर रावलले दिए प्रस्तुति

हार्वर्डमा कर्णालीका डाक्टर रावलले दिए प्रस्तुति

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले हार्वर्ड युनिभर्सिटी, हावार्ड मेडिकल स्कुलमा दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे प्रस्तुति दिएका छन्। अमेरिकाको म्यासाचुसेट्स ,बोस्टनस्थित हार्वर्डमा पुगेर डाक्टर रावलले नेपालको कर्णाली जस्तो दुर्गममा चिकित्सा शिक्षा र सेवाका विषयमा प्रस्तुति दिएका हुन्। उनलाई त्यहाँ नोट स्पिकरुका रुपमा निम्त्याइएको थियो। उक्त कार्यक्रममा प्रा।डा। जया मुखर्जी, प्रा।डा। विक्रम पटेल हावार्डका ग्लोबल हेल्थ र सोसियल मेडिसिन विभाग प्रमुख, अन्य फ्याकल्टी र चिकित्साका विद्यार्थीहरु सहभागी भएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सामा आम जनताको पहुँच पुर्याउने गरेको योगदानका लागि डा रावलको प्रस्तुति पछि प्रशंसा गरेका थिए। उनीहरुले  प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएको डा.…
Read More
जाजरकोट भूकम्प प्रभावित पालिका विपद संकटग्रस्त क्षेत्र घोषणा

जाजरकोट भूकम्प प्रभावित पालिका विपद संकटग्रस्त क्षेत्र घोषणा

सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
Read More
शरीर रहस्य : कसरी थुप्रै रोग औषधि नखाई निको हुन्छ ?

शरीर रहस्य : कसरी थुप्रै रोग औषधि नखाई निको हुन्छ ?

शरीर अद्भूत छ । शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसले शरीरलाई सग्लो, निरोगी, तन्दुरुस्त राख्न हरक्षण प्रयास गरिरहेको हुन्छ । हामीलाई कुनै रोगव्याधि लाग्न नदिन, कुनै खराब संक्रमण हुन नदिन त्यो संयन्त्रले काम गरिरहेको हुन्छ । त्यसैले त कतिपय रोग लागेपनि आफै निको हुन्छ । न औषधि गर्नुपर्छ, न शल्यक्रिया गर्नुपर्छ । अर्थात शरीरभित्र डाक्टर हुन्छ, सेना हुन्छ । त्यसैले हाम्रो उपचार गर्छ, हामीलाई रक्षा गर्छ । तर, यति अनमोल शरीरलाई हामी बुझ्दैनौं । त्यसैले शरीर बिरुद्धको खानपान गरिरहेका हुन्छौं, आनीबानी अपनाइरहेका हुन्छौं । शरीरभित्र के भइरहेको छ ? हामी देख्दैनौं । त्यहाँ सबै अंगहरुले चुपचाप आ-आफ्नो काम गरिरहेको हुन्छ ।…
Read More
७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने व्यक्ति सार्वजनिक

७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने व्यक्ति सार्वजनिक

  जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाकाे गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो । नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले जानकारी दिनुभयो । अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने…
Read More
काठमाडौं जाने यात्रु रामेछापमा अलपत्र छोडेर लुक्लाको उडान

काठमाडौं जाने यात्रु रामेछापमा अलपत्र छोडेर लुक्लाको उडान

सोलुको लुक्लाबाट काठमाडौंका लागि उडेका यात्रुलाई सीता एयरले रामेछाप विमानस्थलमा ओरालेर अलपत्र छाडेको छ । बिहीबार बिहान लुक्ला काठमाडौंको उडानमा रहेको सीता एयरको ९एन–एजेएच जहाज काठमाडौंको मौसम खराब भएपछि धुलिखेलको आकाशबाट रामेछाप डाइभर्ट भएको थियो । रामेछाप विमानस्थलमा यात्रु ओरालेर सोही जहाजले लुक्लाको उडान गरेको थियो । अघिल्लो उडानमा काठमाडौं जाने यात्रु भने रामेछाप विमानस्थलमा नै छोडिएको छ । सीता एयर रामेछापका स्टेसन इन्चार्ज सरोज घिमिरेले काठमाडौंको मौसमका कारण डाइभर्ट भएको जहाज रामेछापबाट काठमाडौं जाने अनुमति नभएकोले यात्रुहरुलाई अर्को उडानको व्यवस्था गर्न नसकिएको बताए । रामेछापका यात्रु लुक्ला हुँदै फेरि काठमाडौं उडान गर्न पाउँथे तर सीता एयरले त्यस्तो उडान गरेन । ‘आज होइन, भोलिका लागि त्यस्तो…
Read More
error: Content is protected !!