जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाकाे गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो । नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले जानकारी दिनुभयो । अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने…

सोलुको लुक्लाबाट काठमाडौंका लागि उडेका यात्रुलाई सीता एयरले रामेछाप विमानस्थलमा ओरालेर अलपत्र छाडेको छ । बिहीबार बिहान लुक्ला काठमाडौंको उडानमा रहेको सीता एयरको ९एन–एजेएच जहाज काठमाडौंको मौसम खराब भएपछि धुलिखेलको आकाशबाट रामेछाप डाइभर्ट भएको थियो । रामेछाप विमानस्थलमा यात्रु ओरालेर सोही जहाजले लुक्लाको उडान गरेको थियो । अघिल्लो उडानमा काठमाडौं जाने यात्रु भने रामेछाप विमानस्थलमा नै छोडिएको छ । सीता एयर रामेछापका स्टेसन इन्चार्ज सरोज घिमिरेले काठमाडौंको मौसमका कारण डाइभर्ट भएको जहाज रामेछापबाट काठमाडौं जाने अनुमति नभएकोले यात्रुहरुलाई अर्को उडानको व्यवस्था गर्न नसकिएको बताए । रामेछापका यात्रु लुक्ला हुँदै फेरि काठमाडौं उडान गर्न पाउँथे तर सीता एयरले त्यस्तो उडान गरेन । ‘आज होइन, भोलिका लागि त्यस्तो…

काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटाएर एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एस संकटमा परेका छ । सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा नेताहरु दुई धारमा बाँडिएका छन् । तर, प्रचण्डको प्रस्तावपछि अध्यक्ष माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्रबाट संस्थागत निर्णय गराएर उनी सरकारमा जाने वा नजाने निर्णय गराउन खोजेका छन् । प्रचण्डसँगको छलफलपछि अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने बताएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । प्रधानमन्त्री र अध्यक्ष नेपालबीचको भेटवार्ताबारे उनले भने, ‘उहाँलाई सरकारलाई समर्थन दिन आग्रह गर्नुभएको छ । उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ । उहाँले सरकारात्मक रूपमा लिनुभएकाले…

“”प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको २०१९ मा स्थापित थेगु शाखाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा) को दोश्रो अधिबेसन प्रत्यक्ष उपस्थित थेगु शहरमा गरेर सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रुपमा ज्ञानू श्रीस मगरलाइ अध्यक्ष र सचिबमा हिमशिखर भण्डारी चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया (थेगु शाखाको) अध्यक्ष ज्ञानु श्रीस मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अन्तरास्ट्रिय बाग्लुङ समाजका महासचिव प्रेमसागर पौडेल प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष भुमिराज…

निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारी समक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो । चुनाव–२०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरण सहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस २ गते प्रदेश सभा सदस्य चुनावको…