खोज्नुहोस

Advertisement

रोचक

अन्तिम चुनावि प्रतिबेदन पेश गर्दै निर्वाचन आयोग,४० दलको धरौटी जफत ।

अन्तिम चुनावि प्रतिबेदन पेश गर्दै निर्वाचन आयोग,४० दलको धरौटी जफत ।

निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारी समक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो । चुनाव–२०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरण सहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस  २  गते प्रदेश सभा सदस्य चुनावको…
Read More
हिमाली जिल्ला दोलखामा बिध्धुतिय सवारी संचालनमा

हिमाली जिल्ला दोलखामा बिध्धुतिय सवारी संचालनमा

काठमान्डौ । हिमाली जिल्ला दोलखामा विद्युतीय गाडी संचालनमा आएको छ । अभयपुर यातायात कम्पनीले दुईवटा विद्युतीय गाडी संचालनमा ल्याएको हो । दोलखामा पहिलो पटक सार्बजनिक यातायातको रुपमा प्रयोग गर्न ल्याइएको हो । दोलखा देखि काठमान्डौसम्म संचालन गर्ने योजना पनि रहेको ब्यबसायी रबिन श्रेष्ठले बताउनुभयो । यो गाडी एक पटक फुल चार्ज गरे पछी २५० किलोमिटर गुड्ने र यो गाडीलाई घरको लाइनबाट साधारण तरिकाले चार्ज गर्दा ५ घण्टा लाग्ने भएकाले फास्ट चार्जिंड. स्टेसन भएमा सहज हुने बताउनुहुन्छ ।
Read More
प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ…
Read More
error: Content is protected !!