खोज्नुहोस

Advertisement

स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटीे जुम्लाको ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन

नेपाल रेडक्रस सोसाइटीे जुम्लाको ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन

नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले जुनियर रेडक्रस सकर्लका शिक्षक नायक र उपनायकहरुलाई ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन गरेको छ । नेपाल रेडक्रस सोसाईटी जुम्ला जिल्ला शाखाकी उपसभापति सुमन बस्नेतको अध्यक्षता नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशकी सदस्य अमृता सापकोटाको प्रमुख आतिथ्यता र जुम्ला जिल्ला शाखाका मन्त्री इन्द्र राज डाँगीको विशेष आतिथ्यतामा तालिमको समापन भएको हो । स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडत्रस केन्द्रिय कार्यालयको प्रविधिक सहयोग तथा चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जुम्लाको साझेदारीमा संचालिन शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाले उक्त तालिम संचालन गरेको थियो। ४ दिने तालिममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यसमितिकी…
Read More
नदिमा डुबेर एक जनाको मृत्यु

नदिमा डुबेर एक जनाको मृत्यु

  जुम्लाको तिला नदिमा नुहाउने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ निवासी १८ वर्षीय कबिराज डाँगी तिला नदीमा नुहाउन गएको बेला बिहिवार दिउँसो नदिमा डुबेर मृत्यु भएको हो तातोपानी गाउँपालिका २ मा रहेको जर्मिको तातोपानी धारा नजिक तिला नदिमा नुहाउने क्रममा डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बिहिवार दिउँसो साथीसँग नुहाउने क्रममा तिला नदीमा डुबेर मृत्यु भएको हो। करिव ४५ मिनेटको खाजि कार्य पछि मरेको अबस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।  
Read More
कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला स्थापना

कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला स्थापना

जुम्ला – हिमा गाउँपालिका – १ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको छ । गाउँपालिकाको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको हो । प्लान नेपाल र पेस नेपालको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत करिव पाँच लाख रकम बराबरको विज्ञान प्रयोगशाला ल्यावका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । पेस नेपाल जुम्लाका कार्यकारी निर्देशिक किशोर न्यौपानेका अनुसार विद्यालय र गाउँपालिकाको विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो । विज्ञान प्रयोगशाला ल्याव स्थापना पश्चात बालबालिकाको शिक्षामा गुणस्तर सुधार होस भन्ने उद्देश्य राखिएको छ ।   विद्यार्थीको शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान…
Read More
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिदैँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिदैँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्तापल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । अमेरिका नेपाल मेडिकल फाउण्डेसनको एक करोड २३ लाख सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिने भएको हो । जुम्लामा प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि ब्लड बैंक स्थापना गर्न लागिएको छ। प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले अमेरिका नेपाल मेडिकल फाउण्डेसनले केही समय अघि सिकागो सहरमा आयोजना गरेको तिन दिवसीय सभामा दुर्गमको स्वास्थ्य सेवाका चुनौति र संभावनाका विषयमा प्रस्तुतिकरण गरेका थिए । उक्त प्रस्तीकरणमा उल्लेख गरिएका कर्णालीका स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै फाउण्डेसनको सवाँ करोड लगानीमा ब्लड बैंक स्थपना गरिएको उपकुलपति डाक्टर मंगल रावलले बताए । उपकुलपति…
Read More
करेन्ट लागेर जालपादेवी हाइड्रोका अप्रेटरको मृत्यु

करेन्ट लागेर जालपादेवी हाइड्रोका अप्रेटरको मृत्यु

जुम्लाकाे तातोपानी गाउँपालिका- ४मा करेन्ट लागेर अप्रेटर २६ वर्षीया कालीप्रसाद उपाध्यायकाे निधन भएकाे छ। मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिँदै गर्दा बाटाेमै मृत्यु भएकाे ताताेपानी गाउँपालिका वडा नं- ४ का वडाअध्यक्ष अमरबहादुर राेकायाले बताए। राेकायाले पर्थेनी घट्टेगाढस्थित ७५ केभीकाे ट्रासफर्मरमा चढेर करिब ६:४५ बजेतिर विद्युत बनाउने क्रममा करेन्ट लागेकाे बताए।
Read More
error: Content is protected !!