देशमा बढ्दै गएको वित्तीय संकटमा आधारित लघु चलचित्र "आत्महत्या" युट्युवबाट प्रदर्शनीमा आएको छ । सनिबार बेलुका ५:०० बजे चलचित्र रिलिज भएको हो । KCM digital युट्युव च्यानल मार्फत रिलिज भएको चलचित्रको मुख्य भुमिकामा राजन अधिकारी रहेका छन् । बरिस्ठ कलाकार हिमाला गौतमको विशेष भुमिका रहेको यश चलचित्रमा जानुका विश्वकर्माको पनि विशेष अभिनय रहेको छ । यस्तै रतन नेपाली, रमेश बनगोसाई, रवी सील्वाल, नवीन घिमिरे, सुनिता बनगोसाई, शक्ति परियार र कृष्ला श्रेष्ठको समेत चलचित्रमा अभिनय रहेको छ । चलचित्र निर्देशक तथा लेखक राजबहादुर सानेको कथामा बनेको यश चलचित्रलाई शक्ति परियारले निर्देशन गरेका हुन् । चलचित्रको निर्माता रक्षा बानियाँ के.सी र आकाश…

निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ । बुधबार वर्ल्डलिंकले जुम्लाको कान्जिरुवा होटलमा एक कार्यक्रम गरि काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो । जुम्लामा तार सहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले बताए । जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको पनि अग्रवालले बताए ।

जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँका अन्दाजि ४० वर्षका कमानसिंह परियारका दुईवटा मृर्गौलाले काम गर्न छोडेका छन् । पाँच महिना अघि परिवार सहित कमाउनका लागि भारतमा जानु भएका परियारका दुवै मुर्गाैला एक्कासि भेल भएका हुन् । भारतमै उपचार गराउन नसकेपछि मृर्गाैला पिडित कमानसिंहको परिवार विहिबार जन्म घर आई पुगेका छन् । २ छोरी, १ छोरा र श्रीमति सहित जुम्लाको जन्म घर गज्र्याङ्गकोटमा पुगेको वडाध्यक्ष इन्द्र बुढाले बताए । मर्ने र बाँच्ने ठेगान नभएकाले भारतबाट कमानसिंहको परिवार जुम्ला पुगेको हो ।

जुम्लाको तिला गाउँपालिकाले हिउँदे गाउँ सभा अघि पत्रकारहरु सँग सुझाव संकलन गरेको छ । पालिकामा नयाँ जनप्रतिनिधि आएदेखी पत्रकारहरू सँगको समकार्य नभएको भन्ने गुनासो बढेको थियो । यसरी कुनैपनी पालिकाले पहिलोपटक स्थानीय पत्रकारहरू बोलाएर गाउँ अधिवेशन अगाडि राय संकलन गरेको प्रेस सेन्टर नेपालको जिल्ला अध्यक्ष विजय रावलले बताए । उनका अनुसार यसलाई अत्यन्तै नौलो अभ्यासको रुपमा लिएको र यस प्रकारका अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पत्रकार भेटघाटमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले पालिकाले संचार क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेको जानकारी दिइन् । यद्यपि प्राविधिक त्रुटीले सहकार्यमा…

शुक्रवार संसद वैठकको शुन्य समयमा वोल्दै संसद विनिता कठायतले काठण्माडौ संघ कर्णाली सिधै जोडिनुपर्ने वताइन् । कर्णालीबासीको पैसा मात्रै होइन समय पनि खेरै गैरहेको छ उनले भनिन् कर्णालीका हरके विमानस्थलमा नेपालको राजधानी काठमाण्डौ संग सिधा जोडिनको लागि इन्धन रिफियूल सेन्टर स्थापन गर्न सरकार संग माग राखेकि छन् । नेपाल एयरलाइन्सले अनलाइन टिकट गरेपनि त्यसको प्रभावकारिता नभएको संसद कठायतले वताइन् । एयरलाइन्सको अनलाइन टिकट गरेपनि अधिकाशं कर्णाली बासीलाई थाहा छैन थाहा पनि कसरी होस कहिले नड्ने जहाजको अनलाइन टिकट गरिनु अर्थ छैन उनले भनिन्, नेपाल एयरलाइन्सले कर्णालीमा हप्तामा ४ दिन फ्लाइट गर्नु पर्छ त्यस तर्फ सम्बन्धित निकायको ध्यान जावस ।