खोज्नुहोस

Advertisement

breaking news 1

जुम्लाको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु

जुम्लाको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु

जुम्लाको त्रीवेणी–टोप्ला खण्डमा ट्रयाक खुलेको एक दशक पछि स्तरउन्नती गर्न सुरु गरिएको छ । कर्णालीका चार जिल्ला छुने चौरजहारी–रारा राजमार्गको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु गरिएको हो । त्रीवेणी–टोप्ला खण्डमा नालि सहित १० मिटर चौडा सडक विस्तारको काम सुरु भएको छ । जुम्लाको तिला ४ त्रीवेणीबाट तातोपानी ७ सर्मी सम्मको सडक विस्तार गर्ने गरि काम सुरु गरिएको सडक डिभिजन जुम्लाका इन्जिनियर विरेन्द्र रावलले बताए । ३ करोड ६८ लाख ३२ हजार ७ सय ८३ रुपैंया ५० पैंसा लागतमा १० मिटर सडक चौडा, नालि तथा ग्रावेलको काम धमाधम भइरहेको इन्जिनियर रावलले जानकारी दिए ।
Read More
कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमै डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमै डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमै डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम भएको हो । आयोगले आ.व. २०८०/८१ का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त गरेको अङ्कसहितको प्रतिवेदन यही फागुन ४ गते सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये उक्त गाउँपालिकाले ७३ दशमलव ७२ अङ्क ल्याएर प्रदेशकै पहिलो बनेको हो । भने देशकै एघारौ स्थानमा रहेको छ । आयोगले तयार गरेको १७ वटा सूचकलाई आधार बनाएर तयार गरिएको कार्यसम्पादन मूल्याङ्कनमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले संचालन…
Read More
ओली-प्रचण्ड एकै ठाउँमा उभिएपछि अलमलमा माधव नेपाल

ओली-प्रचण्ड एकै ठाउँमा उभिएपछि अलमलमा माधव नेपाल

काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटाएर एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एस संकटमा परेका छ । सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा नेताहरु दुई धारमा बाँडिएका छन् । तर, प्रचण्डको प्रस्तावपछि अध्यक्ष माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्रबाट संस्थागत निर्णय गराएर उनी सरकारमा जाने वा नजाने निर्णय गराउन खोजेका छन् । प्रचण्डसँगको छलफलपछि अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने बताएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । प्रधानमन्त्री र अध्यक्ष नेपालबीचको भेटवार्ताबारे उनले भने, ‘उहाँलाई सरकारलाई समर्थन दिन आग्रह गर्नुभएको छ । उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ । उहाँले सरकारात्मक रूपमा लिनुभएकाले…
Read More
error: Content is protected !!