खोज्नुहोस

Advertisement

breaking news 3

अर्थको मार्गदर्शन:आवको बीचमा थप निकासा दिने पैसा छैन

अर्थको मार्गदर्शन:आवको बीचमा थप निकासा दिने पैसा छैन

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ९आव० २०८१र८२ को बजेट बनाउँदा आर्थिक वर्षको बीचमा थप निकासा आवश्यक नपर्ने गरी बनाउन निर्देशन दिएको छ ।सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयका नाममा २०८१र८२ को बजेटको तयारी सम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ सचिव डा। कृष्णहरि पुष्करले स्रोतमा चाप रहेको भन्दै आर्थिक वर्षको बीचमा थप निकासा दिन नसक्ने स्पष्ट पारेका छन् । मन्त्रालयहरूले सो परिस्थिति ध्यानमा राख्दै बजेट बनाउनुपर्ने अर्थ मन्त्रालयको भनाइ छ ।   कर्मचारीलाई सवारीसाधन खरिद, फर्निचर र वैदेशिक भ्रमणजस्ता विषयमा बजेट विनियोजन नगर्न मन्त्रालय तथा सरोकारवाला निकायसँग अर्थले अनुरोध गरेको छ । अर्थ मन्त्रालयले स्रोत व्यवस्थापनमा दबाब रहेको भन्दै बजेट बनाउँदा मितव्ययिता…
Read More
त्रिवेणी(टोप्ला सडक अवरुद्ध,

त्रिवेणी(टोप्ला सडक अवरुद्ध,

जुम्लाको त्रिवेणी टोप्ला सडक खण्डमा पहिरो खस्दा अवरुद् भएको छ। तातोपानी गाउँपालिका ७ सुर्किको गुठिचौर नजिक पहिरो खस्दा सडक अवरुद्घ भएको हो । यहि फागुन ८ गते राति खसेको पहिरो नपन्छाउदा सवारी आवातजावत पुर्णरुपमा बन्द भएको छ। यो सडकले जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा जोड्छ। एक सातासम्म पनि अवरुद्ध सडक नखुलेपछि सवारी आगमन सहित दर्जनौं गाउँका सर्वसाधारणलाई आवतजावतमा समेत अप्ठ्यारो भएको छ ।
Read More
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री

भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री

गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडास्थित विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बारेकोट-१ बयला रामिडाँडाको भगवती आधारभूत विद्यालयका छात्रछात्राका लागि विभिन्न सामग्री प्रदान गरिएको हो ।   फेयरमेड फाउन्डेसन नेपाल र सर्वाङ्गिन विकास केन्द्र नेपालको सहयोग, जिल्ला विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति जाजरकोटको समन्वय र बारेकोट गाउँपालिकाको व्यवस्थापनमा शैक्षिक सामग्री वितरण गरिएको हो ।   विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्मका १ सय ८९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको सर्वाङ्गिन विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणि गौतमले बताए । प्रतिविद्यार्थी न्यानो ट्य्राक सुट, सुरूवाल, टिसर्ट, टोपी र झोला प्रदान गरिएको गौतमको भनाइ छ भूकम्पका कारण विद्यालयमा…
Read More
बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट भएको छ । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा ३ बर्षको काम गरेर कार्यक्रमको अवधि सकिएकोे जानकारी गरिएको छ । जिल्ला स्तरमा सरोकारवाला निकायहरुको उपस्थितिमा भकारी परियोजनामा भएका कामबाट भएको सिकाई तथा प्रगतिको जानकारी समेत गरिएको छ । भकारी कार्यक्रम यूएआईडिको आर्थिक सहयोग तथा मर्सिकोरको नेतृत्व र कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रको सहजीकरणमा सन २०२० अक्टुवर देखी २०२३ सेप्टेम्बर सम्म जुम्लाको तिला र तातोपानीमा संचालन भएको थियो । विपत जोखिम न्यूनिकरण अधिकृत पविना खड्काका अनुसार भकारी कार्यक्रम तिला गाउँपालिकाको ५ नम्बर वडा वाहेक सवै वडा र तातोपानीको ४,७ र ८ वडामा लागु भई काम…
Read More
निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

जुम्लाको चन्दननाथ नगरपालिकाले निति, कार्यक्रमका लागि पहिलो पटक सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । नगरपालिकाले सरोकारवाला निकायहरु सँग नगरको विकास र समृद्धिमा कस्ता निति कार्यक्रमहरु पर्लान भन्ने बिषयमा सुझाव संकलन गरेको हो । शुक्रवार नगरप्रमुख राजुसिंह कठायतको अध्यक्षतामा कार्यपालिका सहित सरोकारवाला निकायबाट राय संकलन कार्यक्रममा चन्दननाथले पहिलो काम सफा शहर वनाउने काममा जोड दिईनुपर्ने सुझाव बढि आएको छ
Read More
error: Content is protected !!