जुम्ला – पेस नेपाल जुम्लाले समुदायको शसक्तिकरणदेखि संस्थागत विकास र दिगो विकासमा उल्लेखीय काम गर्दै आएको छ । जुम्लामा सन् २००६ मा दर्ता भई संचालनमा रहेको गैर नाफा मुलक गैर सरकारी संस्था पेश नेपालले शसक्तिकरणदेखि दिगो विकासमा काम गर्दै आएको हो । कृषि, जलवायु अनुकुलन, खानेपानी, विपद व्यवस्थापन, मर्यादित महिनावारी लगायतका विभिन्न क्षेत्रको विकास गरि समुदायको सशक्तिकरण र दिगो विकासमा जोड दिएको छ । करिब दुई दशक लामो यात्रामा पेश नेपालका विभिन्न परियोजनाहरु जुम्ला सहित मुगु र कालिकोटका ३२ वटा वडाहरुमा काम गर्दै आएको छ । शुक्रबार जिल्ला स्थित संचारकर्मीहरु संगको अन्तरक्रिया गर्दै पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर…

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले शुक्रबार ‘सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण’ सम्बन्धमा छलफल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग र मालपोत विभागका अधिकारीहरूलाई छलफलमा बोलाएको थियो । तर, मूल विषयमा समिति प्रवेश गर्नै सकेन । कारण– बैठकको सुरुमै सरकारी अधिकारीहरू जमिन वर्गीकरणको यकिन तथ्याङ्क नरहेको भन्दै पन्छिए । ‘जमिन वर्गीकरणको सबै विवरण अहिलेको अवस्थामा दिन सकिँदैन’ भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले भने, ‘यकिन तथ्याङ्क संकलन गर्न खोजिएकै हो । तर अनेक समस्या छन् । व्यवस्थित अभिलेख छैन ।’ बरू देशभर पुनः नापजाँच गर्ने सरकारको चाहना रहेको उनले सुनाए । ‘देशभर पुनः…

किर्डाक नेपाल जुम्लाले संचालन गरेको १ महिने अटो ग्यरेज तालिमको आईतवार समापन भएको छ । बेरोजगार भएका युवालाई रोजगारमा जोड्नको लागि राईज टु परियोजनाले संचालन गरेको अटो ग्यारेज तालिम आईतबार समापन भएको हो । पछिल्लो समय अटो ग्यारेज बाट पनि आम्दानी गरेर जिविकोपार्जन गर्नेको संख्यामा बृद्वि भएको छ । अटो ग्यारेज तालिममा ३ जना तिला २ जना तातोपानी र १ जना चन्दननाथ नगरपालिका गरि ५ जनालाई रोजगारमा जोड्नका लागि तालिम दिइएको किर्डाक नेपाल जुम्लाका दस्ताबेजीकरण अधिकृत ऐन बहादुर कठायतले बताए। उनका अनुसार बेरोजगार बसेका युवाहरूका लागि आफ्नै ठाउँमा केही गरि जीवन निर्वाह गरून भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए
कालिकोट — खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते ५० वर्षीय नन्दराम चौलागाईंको बुधबार दिउँसो मृत्यु भएको छ । चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो । उनलाई ४ दिनदेखि आईसीयूमा राखिएको थियो । उपचारका लागि सबै प्रयास गरे पनि सफल नभएको डा. केएन पौडेलले बताए । चौलागाईंको बिहीबार सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हिरामणि चौलागाईंले जानकारी दिए । आगोमा जलेर घाइते भएकी उनकी १२ वर्षीया छोरी हेमन्तीको सोमबार दिउँसो मृत्यु भएको थियो । शुक्रबार घर मुनिको वनमा गोठालो गएका बुबालाई दिउँसोको खाजा रोटी पुर्याउन गएकी हेमन्ती…

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ९आव० २०८१र८२ को बजेट बनाउँदा आर्थिक वर्षको बीचमा थप निकासा आवश्यक नपर्ने गरी बनाउन निर्देशन दिएको छ ।सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयका नाममा २०८१र८२ को बजेटको तयारी सम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ सचिव डा। कृष्णहरि पुष्करले स्रोतमा चाप रहेको भन्दै आर्थिक वर्षको बीचमा थप निकासा दिन नसक्ने स्पष्ट पारेका छन् । मन्त्रालयहरूले सो परिस्थिति ध्यानमा राख्दै बजेट बनाउनुपर्ने अर्थ मन्त्रालयको भनाइ छ । कर्मचारीलाई सवारीसाधन खरिद, फर्निचर र वैदेशिक भ्रमणजस्ता विषयमा बजेट विनियोजन नगर्न मन्त्रालय तथा सरोकारवाला निकायसँग अर्थले अनुरोध गरेको छ । अर्थ मन्त्रालयले स्रोत व्यवस्थापनमा दबाब रहेको भन्दै बजेट बनाउँदा मितव्ययिता…