जुम्लाको तिला गाउँपालिका वडा नंं. ६ स्थित तीन वटा गाउँलाई बालबिवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव,रिपी र सुडिगाउँलाई मंगलबार जुम्लाको दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको हो । गरिबी,देखासिकी,प्रविधिको दुरुपयोगले बढ्दो बालबिवाह पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायको साँझा अभियानले शुन्यमा पुगेपछि तिला गाउँपालिका वडा नंं ६ लाई जिल्लाकै दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव गाउँमा ६८,रिपी गाउँमा ३५ घरधुरी र सुडी गाउँमा ११० घरधुरी जम्मा २ सय १३ घरधुरीका २० वर्ष मुनिका कुनै पनि बालबिवाहले बालबिवाह नगरेको ५१ व्टा सुचक पुरा गरेपछि बालविबाह मुक्त घोषण…
प्रदेश सभा सदस्य देवेन्द्र शाहीले आफ्नाे निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले २०७९ मंसिर ४ गते भएकाे प्रदेश सभा सदस्य निर्वाचनमा आफुले विभिन्न शिर्षकमा गरि १० लाख २८ हजार खर्च गरेकाे विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन खर्चमा उनले मतदाता नामावली खरिद देखि प्रचनर प्रसार सामाग्री, सवारि साधन भाडा, ईन्धन खर्च, गाेष्ठी अन्तरक्रिया र कार्यालय संचालन सम्मकाे खर्च सार्वजनिक गरेका हुन् । उनले निर्वाचन आयाेगमा बुझाएकाे खर्च विवरण सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेका हुन् । उनि स्वतन्त्रबाट कर्णाली प्रदेश सभा सदस्यमा विजयी भएका थिए । ढ

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ। गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो। लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उहाँ करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए।

रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ४७ वर्षपछि भौतिक संरचना तालभन्दा बाहिर सार्न थालिएको छ । २०३२ सालदेखि रारा ताल परिसरमा निर्माण गरिएका संरचना माथिल्लो मिलिचौर सार्न थालिएको हो । यो वर्ष झन्डै ५९ लाख रुपैयाँ बजेटमा मिलिचौरमा निकुञ्जको कार्यालय सुरु गरिएको छ । निकुञ्ज विभागको परिपत्रअनुसार निकुञ्ज कार्यालयसहित नेपाली सेनाको ब्यारेक, होटललगायत संरचना ५ वर्षभित्र बाहिर सारिसक्ने निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । ‘रारा तालको प्राकृतिक सुन्दरता बचाउन र पर्यटक आगमनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘अब ताल नजिकै कुनै पनि निकायले भौतिक संरचना निर्माण गर्न पाउने छैन ।’

जुम्लाको गुठिचौर गाउँपालिकामा बालबालिकाका सवाल सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना बनाएको छ। दुई दिने कार्यशाला गोष्ठी मार्फत गाउँपालिकाले पञ्चवर्षीय रणनीतिक योजना बनाएको हो । पालिकाले सूचकहरुबारे अनुगमन गरिसकेपछि जिल्ला समन्वय समितिलाई अनुगमन गर्न पत्र पठाउने र सम्पूर्ण सरोकारवाला, निकाय र पालिकास्तरका साझेदार संघसंस्थासमेतलाई कामको जिम्मेवारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सकेमात्र देश विकासको आधार निर्माण हुने भन्दै पालिकाभित्रका बालबालिकाको अधिकार सुनिश्चित गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, संचारकर्मी, संघसंस्थाका प्रतिनिधि, आम नागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने बताए ।