खोज्नुहोस

Advertisement

नेविसंघ द्धारा बृक्षारोपण


नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर नेविसंघ जुम्लाले बृक्षारोपण गरेको छ । चन्दननाथ नगरपालिका ५ मा रहेको चन्दननाथ मन्दिर पार्कमा बृक्षारोपण गरिएको हो । चन्दननाथ मन्दिरमा परिसरमा नयाँ निमार्ण भएकाे  पार्कमा बृक्षारोपण पनि आवश्यक भएको हुदा विद्यार्थीहरुले पार्कमा बृक्षारोपण गरेको नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले वताए । विद्यार्थी संघको स्थापना दिवसको अवसरमा रुख रोपेका छौ यसले पार्कको सुन्दरता संगै वातावरणमा समेत सघाउ पुर्याउने भएकाले बृक्षारोपण गरिएको हो ।
विद्यार्थीले गरेको बृक्षारोपणमा डिभिजन वन कार्यालयका यमराज कार्की विद्यार्थी नेताहरु निराजन उपाध्याय, महेन्द्र कार्की लगायतले  बृक्षारोपण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!