खोज्नुहोस

Advertisement

जुम्लाको छटौँ जिल्ला सभा

जुम्ला जिल्ला समन्वय समिति जुम्लाको छटौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभा जिसस जुम्लाका प्रमुख गौरी नन्द अचार्यको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व उर्जा तथा जलस्रोत मन्त्री दिनबन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न हो । उक्त जिल्ला सभाले जुम्ला बिकासका लागी महत्वपुर्ण १३ वटा निणर्य गरेको छ ।

जिल्ला सभाले जुम्ला जिल्ला स्थित विषयगत कार्यालय र विभिन्न संघ संस्था बाट विकास निर्माण र अनुदान वितरण गर्दा हुने दोहोरोपना हटाउन सरोकारवाला विषयगत कार्यालयहरुलाइ आमन्त्रण गरी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै गएको आर्थिक वर्ष २०७१।०७२ मा आशिष थेगिम जे भि धनगढी कैलाली र तत्कालीन जिल्ला प्राविधिका कार्यालय बिच सम्झौता भई निर्माण कार्य भएको उक्त निर्माण कार्य र भुक्तानी रकमको सम्बन्धमा प्राविधिक नापजाँचको एकिन गर्नको लागी संघिय भवन डीभिजन कार्यालयलाइ अनुरोध निणर्य भएको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए । उनले सो कामको सम्झौता बमोजिम निर्माण कार्य अगाडी बढाउनका लागी रकम सुनिश्चितता नभएकोले रकम व्यवस्थापन भएमा निर्माण कार्य अगाडी बढाउने र बजेट व्यवस्थापनको लागी संघिय सरकार तथा जुम्ला जिल्ला बाट निर्वाचित प्रतिनिध सभा र प्रदेश सभाका सांसदहरुलाई अनुरोध गर्ने बताए । उनका अनुसार खरीद एकेन र नेपालको प्रचलित कानुनको अधिनमा रही निर्माण कार्य अगाडी बढाउने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!