खोज्नुहोस

Advertisement

सांसद विनिता कठायतको प्रश्‍न : डायलाइसिसका लागि आठ महिना कहिलेसम्म कुर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकारलाई डाक्टरको दरबन्दी थप्ने कुरामा गम्भीर हुनुपर्ने बताएकी छिन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै उनले जुम्लाबाट २१ वर्षीया बहिनीले आफूलाई फोन गरेर डायलाइसिस गर्न आठ महिना कुर्नुपर्ने भएको बताएपछि कठायतले सदनमा त्यस्तो जिकिर गरेकी हुन् ।

उनले सभामुख मार्फत् प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन् ,‘ के तपाईंहरू आफू वा आफ्नो परिवारलाई डायलाइसिसलाई आठ महिना कुर्न भन्नुहुन्छ ? मैले ती बहिनीलाई के जवाफ दिऊँ ?

उनले भनिन्, ‘डाक्टरहरूको दरबन्दी के फजुल खर्च हो ? अर्थमन्त्रीले जवाफ दिनु प¥यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!