खोज्नुहोस

Advertisement

भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री

गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडास्थित विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बारेकोट-१ बयला रामिडाँडाको भगवती आधारभूत विद्यालयका छात्रछात्राका लागि विभिन्न सामग्री प्रदान गरिएको हो ।

 

फेयरमेड फाउन्डेसन नेपाल र सर्वाङ्गिन विकास केन्द्र नेपालको सहयोग, जिल्ला विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति जाजरकोटको समन्वय र बारेकोट गाउँपालिकाको व्यवस्थापनमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

 

विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्मका १ सय ८९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको सर्वाङ्गिन विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणि गौतमले बताए । प्रतिविद्यार्थी न्यानो ट्य्राक सुट, सुरूवाल, टिसर्ट, टोपी र झोला प्रदान गरिएको गौतमको भनाइ छ

भूकम्पका कारण विद्यालयमा क्षति पुगेका कारण विद्यर्थीहरूलाई चौरमा त्रिपालमुनि नै पठानपाठन गराइरहेको बताउँदै प्रधानाध्यापक रीताकुमारी बोहराले खुशी व्यक्त गरिन् । ‘बिहान अबेर घाम लाग्ने यहाँ विद्यार्थीहरू चिसोमा मुस्किलले पढिरहेका छन् । यो सहयोगले उनिहरूलाई ठूलो राहत पगेको छ,’ उनले भनिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!