खोज्नुहोस

Advertisement

गुठीचाैरमा सुरक्षित पालिका अभियान

जुम्ला । सुरक्षाकाे हिसाबले अति जाेखिम मानिने जुम्लाकाे गुठीचाैर गाऊपालिकाले कर्णाली प्रदेशकेेै पहिलो सुरक्षित पालिका अभियान चलाइरहेकाे छ । जिल्लामै पहिलो सुरक्षित पालिका अभियान थालेको  गुठिचौरले नागरिकको सुरक्षामा प्रथामिकता दिएको छ । सुरक्षित अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्न थालेकाे छ ।
जुम्लाकाु गुठीचाैर गाउँपालिकाकाे हिमाली भाग तर्फ पर्ने वडा नं १ मा हिउदे सिंजनमा असाध्येेै चिसाे हुने भएकाले “आमालाई खाना बाबालाई नाना” भन्ने मुला नाराका साथ  चिसोबाट जाेगिन तथा जाडरक्सी, लगायतका विकृतीबाट जेष्ठ नागरिकलाई जोगाउन सुरक्षित गुठिचौर अभियान सञ्चालन गरेको वडाध्यक्ष अर्जुन महताराले वताए ।
अबैध मदिरा नियन्त्रण देखि चिसोमा राहत वितरणका कार्यक्रमले अत्यन्तै खुसि भएकाे स्थानिय पुन्न बुढा बताउछन
जस अन्तरर्गत पालिकाको सुरक्षित अभियानलाई निरन्तरता दिदै  बृद्धबृद्धाहरूको राहतका लागि गुठिचौर गाउँपालिका वडा नं.१ ले ‘बाबालाई नाना र आमालाई नाना सहित खाना’ कार्यक्रम सञ्चालन गरेको हाे ।
६० वर्ष माथीका वडाभरीका सबै बृद्धबृद्धाहरू,विपन्न,एकल महिला तथा अशक्तहरुलाई ‘बाबालाई नाना र आमालाई खाना’ कार्यक्रम अन्तरर्गत विभिन्न राहत सामाग्री चिसाे छेक्ने जकेट,हर्लीक्स तथा फलफूल वितरण गरिएको हाे।

पुसमाघकाे सिजनमा हिमाली जिल्लाका नागरिक बढी बिरामी पर्ने र याे समयमा बाक्लो लगाउने लत्तोको बढी आबश्यक पर्ने भएकाले याे अभियान शूरू गरिएकाे वडाध्यक्ष अर्जुन कुमार महताराले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर बुढा,उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारी,प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरी लगायतको सहभागिता थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले लक्षित वर्गको कार्यक्रम वितरणमुखी देखिएपनि ६० वर्ष माथिका बृद्धबृद्धाहरूका लागि यस्ता कार्यक्रम अत्याआबश्यक देखिएकाेले आफुले गर्नु पर्ने पुर्ण सहयाेग गर्ने र कार्यक्रमलाई थप प्रभावकारी बनाउन लागि पर्ने बताए ।
कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरीले नागरिकलाई प्रत्यक्ष लाभ मिल्ने र लक्षित वर्ग लाभान्वित हुने भएकाले याे कार्यक्रम प्रभावकारी भएकाे र यसमा पालिकाकाे र आफ्नाे तर्फबाट कानून भित्र रही भरपुर सहयाेग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!