प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा जुम्ला विजयी भई प्रथम भएको छ । पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधी जुम्लाले जितेको हो । शुक्रवार सम्पन्न फाइनल खेलमा जुम्लाले हुम्ला माथि बिजयी हुदै उपाधि पाएको हो ।
जुम्लाको खलंगामा गत फागुन १६ गते देखि जारी प्रदेश स्तरीय फुटबलको शुक्रबार चन्दननाथ रंगशालामा भएको फाईनल खेलको निर्धारित समयमा हुम्लालाई ४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । जुम्लाका खेलाडि रुबेन भण्डारीले ह्याट्रिक पुरा गरे । भने महेन्द्र शाहीले पेनाल्टिमा १ गोल गरे गरि ४ गोल हानेको थियो ।
छिमेकी जिल्ला हुम्लाले भने खेल अवधिभर कुनै गोल फर्काउन सकेन ।
प्रतियोगिताका बिजेता र उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई, देबेन्द्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी, जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भरत बहादुर बुढ्थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत लगायतले प्रमाणपत्र, मेडल र ट्रफी हस्तान्तरण गरेका छन् । प्रतियोगितामा कर्णालीका १० जिल्लामध्य ६ जिल्ला जुम्ला, मुगु, हुम्ला, कालिकोट, सुर्खेत र जाजरकोट सहभागिता भएका थिए ।
प्रदेश स्तरिय फुटवलको उपाधि जुम्लालाई
