कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले हार्वर्ड युनिभर्सिटी, हावार्ड मेडिकल स्कुलमा दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे प्रस्तुति दिएका छन्। अमेरिकाको म्यासाचुसेट्स ,बोस्टनस्थित हार्वर्डमा पुगेर डाक्टर रावलले नेपालको कर्णाली जस्तो दुर्गममा चिकित्सा शिक्षा र सेवाका विषयमा प्रस्तुति दिएका हुन्।
उनलाई त्यहाँ नोट स्पिकरुका रुपमा निम्त्याइएको थियो। उक्त कार्यक्रममा प्रा।डा। जया मुखर्जी, प्रा।डा। विक्रम पटेल हावार्डका ग्लोबल हेल्थ र सोसियल मेडिसिन विभाग प्रमुख, अन्य फ्याकल्टी र चिकित्साका विद्यार्थीहरु सहभागी भएका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सामा आम जनताको पहुँच पुर्याउने गरेको योगदानका लागि डा रावलको प्रस्तुति पछि प्रशंसा गरेका थिए। उनीहरुले प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएको डा. रावलले बताए।