खोज्नुहोस

Advertisement

रेडक्रस जुम्लाकाे ३५ ओै साधारण सभा सम्पन्न

<span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको ३५ औं जिल्ला वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । विपद्काे समयमा सवैले रेडक्रसलाई सम्झीरहने र रेडक्रसको उपस्थितिबाट प्रभावित व्यक्तिहरुले सुरक्षाको महशुस गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि गौरीनन्द आचार्यले वताउनु भयो ।
<span;>पवित्र सेवा भावले सेवा प्रदान गर्नुे , रेडक्रसका सिद्धान्त अनुरुप कार्य गर्नु नै रेडक्रसको मूल धर्म रहेको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले वताउनु भयाे ।
<span;>राष्ट्रको ऐन, कानून र नियमको पालना गर्दै राष्टियता, जातजाति ,वर्ग, धर्म र राजनितिक विचारधारको आधारमा विना भेदभाव विशुद्ध मानविय सहायतामा कृयाशिल रहेको रेडक्रसको आफ्नो छुट्टै पहिचान र असतित्व रहेको शाखाका का.वा. सभापति श्री जगदिश चौलागाईले वताउनु भयाे । रेडक्रस विशुद्ध मानविय सेवा गर्ने उदेश्यले स्थापना भएको अन्तराष्टिय स्वंयमसेवी संस्था रहेको छ उहाले भन्नु भयाे  जुम्लामा रेडक्रस स्थापनाको ५५ वर्षको लामो अन्तरालमा मानविय सेवा प्रदान गर्ने शिलशिलामा अहोरात्र खटिनु हुने सम्पूर्ण स्ंवयमसेवक, रेडक्रसकर्मिहरु, संघ संस्थाहरुलाई धन्यवाद ।
<span;>सभाको वार्षिक प्रगति प्रतिवदेन मन्त्री इन्द्र राज डाँगी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण खड्काले प्रस्तुत गर्नु भएकाे थियाे । सभाको क्रममा विविध विषयहरुमा छलफल हुनका साथै विभिन्न उपशाखाका पदाधिकारीहरुले समेतको राय लिएर रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी वनाई समुदाय स्तर सम्म पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए । शाखाले हालै तयार गरेको आ.व. ०८०।०८१ र ०८१।०८२ सम्मको आवधिक योजना समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!