<span;>चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेबि खड्काको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य,वडा अध्यक्ष ,विभिन्न शाखाका प्रमुखहरु,वडा सचिब विभिन्न संघ संस्था ,पत्रकार गरि ३७ जनाको सहभागिता रहेको थियो।बालबालिका महिला र युबा अधिकार का लागि समाबेशी वकालत का अभियानहरु यस परियोजना अन्तर्गतका क्रियाकलाप हरु रहेको परियोजना सम्योजक माया अधिकारीले बताउनु भयो।उहाँको भनाइअनुसार बालबिबाह,बालश्रम ,लागुपदार्थ दुर्ब्यसन छाउपडी प्रथा ,महिला हिंसा न्यूनीकरण ,गुणस्तरीय शिक्षा ,जिबिकोपार्जन लगायतका क्षेत्रमा यश परियोजनाले महत्त्वपूर्ण भुमिका निर्बाह गर्नेछ।घर भित्र का साना साना व्यवहार परिबर्तन गर्दै विभिन्न क्षेत्रमा सुधारिएको समाज बनाउने किसिमका क्रियाकलाप रहेकाले यो परियोजना विशेष रहेको उक्त कार्यक्रमको प्रस्तुतिमा बताइएको थियो।
बिहानी परियोजना अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम जुम्लाको चन्दननाथ नगरपालिकामा सम्पन्न,
