जुम्लाको चन्ददननाथ नगरपालिकामा स्थानिय तहसंग बाल अधिकार,बाल संरक्षण र बालसहभागीता बिषयमा अभिमुकरण गराइ बालबालिका सवालहरु पहिचान गरी बार्षिक योजना निर्माणका लागी बाल भेला सम्पन्न भएको छ। चन्दननाथ नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा उपप्रमुख रामदेबी खडकाको अध्यक्षतामा कार्यक्रम गरीएको थीयो। एइआइइनको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा सन्चालित बिहानी परीयोजना,वल्र्ड भिजन को आर्थिक सहयोगमा कीडराकको साझेदारीमा भएको उक्त कार्यक्रम यहि जेष्ठ २८ गते स्टार होटलमा बिहान ८ बजे बाट सुरु भएको उक्त कार्यक्रममा दीन भरी नै छलफल गरीएको थीयो भने अर्को दीन २९ गते नगरपालिकाकै हल मा पनि दीनभरी नै कार्यक्रम भएको थीयो। सो कार्यक्रममा १० वटै वडाबाट बालक्लबका करीब ४० जना बालबालिका सहित चन्ददनाथ नगरपालिका,महिला बालबालिका शाखा,संस्थाका प्रतिनिधि सहित ४९ जनाको सहभागीता रहेको थीयो।कार्यक्रममा बालबालिका लाइ बालअधिकार,संरक्षण र बाल सहभागीता सम्बन्धि अभिमुखिकरण गराइ चन्ददनाथ नगरपालिकामा बालबालिकका कस्ता समस्या छन भनी छलफलका माध्यमबाट पहिचान गरीएको थियो।बिशेषगरी बालबालिका लागुपदार्थ दुब्र्यसनमा फस्दै जानु,बाल श्रम गराउनु,बालबिबाह हुनु,बालबालिका बेचबिखन,बाल हिंसा,अभिभावक को सम्बन्ध बिग्रेका कारण बालबालिका अभिभावक बिहीन हुनु,बालक्लब,बाल्सन्जाललाइ सन्चालन खर्च नछुटयाइनु जस्ता मुख्य समस्याहरु छलफल बाट प्राथमिकीकरण गरीएको र सो समस्यालाइ न्युनिकरण गर्न बालभेला बाटै योजना बनाइएको र उक्त योजनालाइ नगर योजना तर्जुमा समितीमा पेश गर्ने निर्णय भएको बाल कल्याण अधिकारी पुस्पा थापा तथा महिला बालबालिका शाखा प्रमुख माया थापा शाहीले बताउनु भयो।कार्यक्रम भब्यताका साथ भएको थीयो।।यसै क्रममा कार्यक्रम सकिएपछि नगरबाल संजालले २६ बुदे मागपत्र नगरपालिका समक्ष बुझाइ बालबालिकाकालागी बजेट माग गरीएको छ।
यसैगरी अन्र्तरास्टीय बालश्रम बिरुद्धको दीबसको अबसरमा चन्दनाथ नगरपालिकामै सोसेक नेपाल र कीडराक कै साझेदारीमा जेस्ठ ३० गते प्रभात फेरीकार्यक्रम गरीएको थीयो उक्त प्रभातफेरी कार्यक्रममा नगरउपप्रमुख रामदेबी खडका,जिल्ला प्रहरी कार्यलय अन्र्तगत महिला बालबालिका जेस्ठ नागरीक सेवा केन्द्रका प्रमुख खगेन्द्र लम्शाल असइ बिबेक खनाल सहित ६२ जनाको सहभागीता रहेको थीयो। सो प्रभातफेरी कार्यक्रम पछि सोसेक नेपालद्धारा सन्चालित बिहानी परीयोजनाको सहयोगमा बालश्रम गराउदीन भन्ने सन्देश दीने र प्रतिबद्धता झल्काउने खालको पोस्टर बनाइ प्रहरी कार्यलय,चन्दनाथ नपा,महिला बालबालिका शाखाकै सहभागीतामा होटल,पसल तथा घर गरी ५० भवनमा पोस्टर टांस गरीएको छ। यी दुबै कार्यक्रम उत्पादन गर्ने क्रममा नगरपलिका,प्रहरी कार्यलय लगायतका सरोकार निकायले नेतृत्व र अपनत्व लिएका कारण यसको प्रभावकारीता दीगोरुपमा हुन सक्ने कुरामा बिश्वस्त रहेको परीयोजना संयोजक माया अधिकारीले बताउनु भयो। यस्तै स्थानीय तह संग बलियो साझेदारी र समन्वय हुन सके जस्तो सुकै परीबर्तन पनि सम्भव हुने उहाले जिकीर गर्नु भयो।
यसैगरी आज जेस्ठ ३१ गते सुर्खेतको बिरेन्द्रनगरपालिका वडा नं ६ स्थीत श्री नेपाल रास्ट्रिय माबि स्कुलको प्रांगणमा बिश्व बालश्रम दिबसकै अबसर पारी बालबालिका,अभिभावक र शिक्षकलाइ संगै राखी अभिमुखिकरण तथा अन्र्तक्रीया कार्यक्रम गरीएको छ।ए इ आइ एनको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा सन्चालित बिहानी परीयोजनाको सहजीकरणमा सहभागी करीब लाइ बालश्रमको परीभाषा,कानुनी प्राबधान र समाधानका उपायबारे अभिमुकरण गराइएको परीयोजना संयोजक माया अधिकारीले बताउनु भयो।उक्त कार्यक्रममा बालबालिकाका मुख्य समस्या पहिचान पनि गरीएको थीयो सो कार्यक्रममा बिरेन्द्रनगरमा अधिकांश बिद्यार्थी हुम्ला,जुम्ला,मुगु, कालिकोट,दैलेख आदि पहाडी जिल्ला बाट आएर आफन्तकोमा बसेर काम गर्ने र पढ्ने गरेकाकारण र केही ले दाइ दीदी आदी केही बर्ष मात्र फरक उमेर भएकालाइ कालाइ अभिभावक बनाइ संगै डेरामा बसी पढन बस्नाले अभिभावकको निगरानी नपाउदा पठन पाठनमा बाधा परीरहेको र दुब्र्यसनमा फस्दै गएको जस्ता समस्या छलफलबाट प्राथमिकीकरण गरीएको थीयो।उक्त समस्यालाइ समाधान गर्न बालबालिका तथा सम्बन्धित बर्गकै सहभागीतामा वकालत तथा पैरबीका कार्यक्रमहरु मार्फत परीयोजनाले सहजीकरण गर्न सक्ने परीयोजन संयोजक माया अधिकारीले बताउनु भयो।