खोज्नुहोस

Advertisement

नेपाल रेडक्रस सोसाइटीे जुम्लाको ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन

नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले जुनियर रेडक्रस सकर्लका शिक्षक नायक र उपनायकहरुलाई ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी जुम्ला जिल्ला शाखाकी उपसभापति सुमन बस्नेतको अध्यक्षता नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशकी सदस्य अमृता सापकोटाको प्रमुख आतिथ्यता र जुम्ला जिल्ला शाखाका मन्त्री इन्द्र राज डाँगीको विशेष आतिथ्यतामा तालिमको समापन भएको हो ।

स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडत्रस केन्द्रिय कार्यालयको प्रविधिक सहयोग तथा चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जुम्लाको साझेदारीमा संचालिन शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाले उक्त तालिम संचालन गरेको थियो।

४ दिने तालिममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यसमितिकी सदस्य अमृता सापकोटा, नेरेसो जुम्ला जिल्ला शाखाका सदस्य नरविर सुनार, हर्क महत र यज्ञ लामिछानेले तालिमको सहजीकरण गरेका थिए ।
तालिम समानका अवसरमा विशिष्ठ अतिथि इन्द्र राज डाँगीले उक्त तालिमले स्थानिय स्तरमा उपलब्ध श्रोत र साधन प्रयोग गरि विरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशस गराउन मद्दत गर्ने जनाए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि अमृता सापकोटाले प्राथमिक उपचार तालिम हरेक व्यक्ति संगै विद्यालयमा समेत यसको आवश्यकता रहेको बताइन् । विद्यालयहरुमा कुनै पनि विपद्का घटनाहरुबाट विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु घाइते तथा विरामी हुन पुगेमा नजिकको स्वास्थ्य संस्था सम्म पु¥याउदा सम्म घाइते तथा विरामीको अवस्थामा सुधार ल्याई उनीहरुको जिवन रक्षा गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको कार्यक्रमका सभाअध्यक्ष सुमन बस्नेतले बताइन् ।
चार दिन सम्म संचालन भएको तालिममा चन्दननाथ नगरपालिका भित्रका १० वटा विद्यालयका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक र सहशिक्षक नायक गरि जम्मा २३ जना शिक्षकको सहभागिता रहेको तथा सम्पूर्ण सहभागिहरू र प्रत्येक विद्यालयलाइ १।१ सेट प्राथमिक उपचार झोला उपलब्ध गराइएको तालिम संयोजक यज्ञ लामिछानेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!