जुम्ला । जुम्ला वहुमुखी क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित भएका छन् । चैत ५ गते सम्पन्न निर्वाचनबाट १ सय १४ मत प्राप्त गर्दै अनेरास्ववियू बाट लाेकेन्द्र बुढा सभापतिमा निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन् ।
सभापतिमा निकटम प्रतिदाेन्दी अखिल (क्रान्तिकारी) का जय कृष्ण जैसीलाई ९ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् ।
निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिष्प्रर्धी जैसीले भने १ सय ९ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले भने ८८ मत मात्रै प्राप्त गरेका छन् । कूल मतदाता संख्या ३सय ३४ रहेकाेमा ३ सय १८ मत खसेकाे थियाे । उनले ९४ मत प्राप्त गरे । सचिवका प्रतिस्प्रर्धी अनेरास्ववियूका नवराज भण्डारीले ८६ मत प्राप्त गरे ।
काेषाध्यक्षमा अनेरास्ववियूकै बीन बहादुर रावत विजयी भएका छन् । रावतले १ सय ७ मत प्राप्त गरि निर्वाचित हुँदा नेविसंघका सरला उपाध्यायले ९८ मत प्राप्त गरिन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू बाट लाेकेन्द्र बुढा र काेषाध्यक्षमा अनेरास्ववियूकै बीन बहादुर रावत विजयी भएका छन् ।