खोज्नुहोस

Advertisement

डोल्पामा प्रथम पटक कानको शल्यक्रिया

डाेल्पा — डोल्पामा रहेको अस्पतालमा प्रथम पटक कानको शल्यक्रिया भएको छ । ब्याक टु लाइफको आर्थिक सहयोग मानव अधिकार तथा वाताबरण बिकास केन्द्र मुगुको सहजिकरण आयोजित निशुल्क स्वास्थ्य शिबिरमा चिकित्सकले प्रथम पटक दुई कानको शल्यक्रिया गरेको मानव अधिकारी तथा वाताबरण बिकास केन्द्रले जनाएको छ ।गत फागुनको २९ र चैत १ मा संचालिते निःशुल्क स्वास्थ्य शिविरमा पहिलो पटक कानको सफल शल्यक्रिया गरिएको संस्थाका कर्मचारी बिष्णु रावतले बताउनु भयो ।

उक्त शिबिरमा करिव ३ सय ४९ जनालाई कान,नाक,घाँटीको रोगहरूको चेकजाच तथा औषधि उपचार गरिएको थियो उहाको भनाई छ । सोही शिबिरमा कान सुन्ने क्षमता कम भएका २५ जना बिरामीहरूको सुन्ने क्षमताको जाँच समेत गराइएको छ । निशुल्क रुपमा नाक कानको परिक्षण तथा औषधि उपचार गर्न पाएपछि स्थानीय खुशी भएको उपचारमा संलग्न चिकित्कको भनाई छ । चिकित्सक.अरुण केसीको नेतृत्वमा प्रथम पटक हिमाली डोल्पा जिल्लामा कानको शल्यक्रिया संचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!