जुम्ला । कर्णाली कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण जुम्लाको रेडियोलाेजि बिभागमा कार्यरत कर्मचारी मकर बहादुर हमालले स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री प्रदिप पाैडेल लाई MRI मेसिन अभाव विरूद्व गुनासाे गरेका छन् ।
<span;>प्रतिष्ठानमा लामाे समय देखि उक्त मसिनकाे अभाव रहेकाले कर्मचारी हमालले स्वास्थ्य तथा जनसंख्या मन्त्री पाैडल लाई चिठी मार्फत MRI मेसिन अभाव तथा आगामी बजेटमा समाबेश गरि बजेट विनियोजनकाे व्यवस्था गर्न अपिल गरेका छन् ।
<span;>श्रीमान्
<span;>प्रदीप पौडेलज्यू
<span;>माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री
<span;>स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
<span;>सिंहदरबार, काठमाडौं, नेपाल।
हमालले लेखेका छन् ” माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल। मिति: २०८२ वैशाख १० (2025-04-23)
विषय : दुर्गम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा MRI मेसिन अभावविरुद्ध गुनासो तथा आगामी बजेट विनियोजनको अनुरोध
उनकाे याे लेखन शैली हेर्दा उनी प्रतिष्ठानकाे कर्मचारी मात्र नभएर एक सचेत नागरिक भएकाे पनि पुष्टि भएकाे छ । उनकाे मन्त्री पाैडेललाई लेखेकाे चिठीकाे नमुना यस्ताे छ ।
श्रीमान्, :
दुर्गम कर्णाली प्रदेशको मुटु जस्तो रहेको जुम्ला जिल्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशको स्वास्थ्य सेवाको ‘अन्तिम आशा’को रुपमा भूमिका खेलेको छ। तर, यहाँ MRI ( Magnetic Resonance Imaging) मेसिनको पूर्ण अभावले गर्दा बिरामीहरु घातक रूपमा विलम्बित परीक्षण र उपचारका लागि काठमाडौं वा नेपालगञ्ज जाँदैछन्। बाटो कठिन, समय लामो, र यात्रा खर्चिलो-गरिब र न्यून आय भएका परिवारका लागि समग्र उपचार प्रक्रिया शाब्दिक अर्थमा “अभावमा अभिमान”को पीडा निम्त्याइरहेको छ।
सचेत युवा तथा प्रतिष्ठानका कर्मचारी हमालले सेवा अवरोध र मानवजीवनको जोखिम , मस्तिष्क, मेरुदण्ड, गुण्डमज्जा र अन्य जटिल अंगका रोगहरु प्रारम्भिक चरणमै पहिचान र पहुच आवश्यक हुन जरुरत रहेकाे जानकारी दिए ।
MRI बिना यस्ता रोगहरु ठीक समयमा नदेखिए उपचार अनिश्चित र महँगो हुने हुने समेत उनले मन्त्री पाैडेल लाई चिठी मार्फत लेखेका छन् । दुर्गममा अवस्थित बिरामीहरुले परीक्षणका लागि गहन जोखिम मोलेर काठमाडौं पुग्नु परेको, जसले धेरैले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको घटनाहरु पनि प्रकाशमा आएका छन्।
राज्यको दायित्व र स्वास्थ्यमा समावेशीताको भावना ,संविधान र विभिन्न स्वास्थ्य नीतिले “सबै नागरिकको स्वास्थ्य सुरक्षा”लाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ। तर MRI जस्ता आधारभूत प्रविधि नभएका कारण कर्णाली प्रदेशका गरिब जनता स्वास्थ्य सेवाबाट पूर्णरूपले वञ्चित हुँदैछन् ।
समावेशी स्वास्थ्य सेवा भन्नाले केवल सैद्धान्तिक प्रतिबद्धता होइन; हरेक जिल्लामा आधारभूत र आधुनिक सुविधा पुगेको महसुस गराउन जरुरी छ ।आगामी आर्थिक वर्षको बजेट विनियोजनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कम्तीमा एकवटा स्थायी MRI मेसिन खरिद र सञ्चालनका लागि आवश्यक पूर्वाधार लागत (भवन, विद्युतीय आपूर्ति, प्रविधि कर्मचारी तलब आदि) छुट्याउन उनले चिठीका साहाराले अपिल गरेका छन् ।
प्राविधिक तालिम र दीगो सञ्चालन सुनिश्चित गर्न, प्रतिष्ठानका प्रविधिक र स्वास्थ्यकर्मीहरुको लागि सरकारी स्तरबाट विशेष प्रशिक्षण कार्यक्रम पनि समावेश गरियोस् । उपर्युक्त अनुरोधले न केवल दुर्गमका बिरामीलाई अत्यावश्यक परीक्षण र उपचारमा सहजता ल्याउनेछ, बरु राज्यको स्वास्थ्य सेवाप्रति जनविश्वास अभिवृद्धि गर्ने तथा “समान स्वास्थ्य हक” साकार पार्नेछ ।
श्रीमान्, तपाईँको सकारात्मक पहल र तत्कालीन बजेट विनियोजनले जुम्ला मात्र होइन समग्र कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको आधारभूत क्रान्ति ल्याउने आशा राख्दछु उनले यसरी मन्त्री पाैडेललाई अपिल गरेका छन् ।
विनम्र अनुरोध सहित :
मकर बहादुर हमाल / स्वास्थ्यकर्मी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेश, नेपाल, जुम्ला
MRI मेसिनका लागि बजेट विनियोजनकाे माग गर्दै प्रतिष्ठानका कर्मचारी हमालले लेखे स्वास्थ्य मन्त्री लाई चिठी
