खोज्नुहोस

विश्व वातावरण दिवसकाे अवसरमा बृक्षाराेपण

 

विश्व वातावरण दिवसका अबसरमा जुम्लाकाे कर्णाली माध्यमिक बिद्यालयमा वृक्षाराेपण गरिएकाे छ ।

दिवसका अबसरमा विहिबार विहान डिभिजन वन कार्यालय जुम्लाकाे आयाेजनामा चन्दननाथ नगरपालिका वडा नं ३ स्थित कर्णाली मावि अनामनगरमा बृक्षाराेपण गरिएकाे हाे ।
सबै सरकारी कार्यालयका प्रमुख प्रतिनिधिकाे सहभागितामा बृक्षाराेपण गरिएकाे हाे ।
हरेक वर्ष मे-५ तारिखमा मनाईने विश्व वातावरण दिवस अन्तर्गत यश वर्ष “प्लाष्टिक प्रदुषण न्युनिकरण,हाम्राे दायित्व” भन्ने नारा तय गरिएकाे डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए ।
उनका अनुसार विश्व वातावर्ण दिवसका अबसरमा आज दिँउसाे नगरपाालिका भित्रका विद्यालय बीच हाजिरी जवाफ प्रतियाेगिता संचालन गरिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *