खोज्नुहोस

जुम्लाको गुठिचौरमा दोस्रो प्याराग्लाइडिङ महोत्सव

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका-२ गुठिचौरमा दोस्रो प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । गुठिचौर गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव असोज ११ सम्म चल्नेछ ।

महोत्सव उद्घाटन गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले गरेका थिए । आइतबार पहिलो दिनमा २५ वटा उडान भरेको अध्यक्ष बुढाले वताए । प्याराग्लाइडिङ महोत्सवमा पोखरा,  स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक जुम्ला आइपुगेका छन् । यो वर्ष २ सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । अघिल्लो वर्ष गरिएको पहिलो प्याराग्लाइडिङ महोत्सवमा २ सय ३४ उडान गरिएको थियो ।

साहसिक पर्यटन विकास गर्न प्याराग्लाइडिङ क्षेत्रलाई प्रवर्द्धन गर्न लागिएको हो । महोत्सव मनोरञ्जनका लागि मात्र नभइ गुठिचौरलाई साहसिक पर्यटनको नक्सामा कायम गराउन पनि उत्तिकै महोत्त्वपूर्ण रहेको अध्यक्ष बुढाले वताए ।

एक जनाले यात्रुले गुठिचौरको आकाशमा न्यूनतम २० देखि अधिकतम ३० मिनेटसम्म उडान सेवा पाउनेछन् । स्थानीयका लागि ३५ सय रुपैयाँ र बाहृय पर्यटकका लागि ४ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *