खोज्नुहोस

किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाइयो, के गर्नुहुन्छ भनेर नसोध्नुस- मन्त्री पुन

काठमाडौँ । शिक्षा मन्त्री महाबिर पुन अपर्झटमा किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाएकोले के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरेका छन् ।

मन्त्रीको शपथ लिएपछि प्रतिक्रिया दिदै आफु अपर्झट मन्त्री बनेकोले विज्ञसँग छलफल गरेर कार्यक्रम बनाउने बताउदै किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाएकोले के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरेका हुन् ।

उनले भने- अब म विज्ञहरुको सुझाव लिन्छु  । राम्रा मान्छेको राम्रो सुझाव लिएर त्यसलाई कार्यान्वयन गर्छु  । मेरो प्राथमिकतामा विज्ञान, प्रविधि र नवप्रवर्तन नै हो तर शिक्षा मन्त्रालय पनि भएकाले शिक्षामा के के गर्छु म विज्ञको सल्लाह गरेर भन्छु  । मलाई सेवा सुबिधा केहि चाहिन्न, मन्त्रालयमै बसेर काम गर्छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *