खोज्नुहोस

जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा नयां लिङ्गा खडा गर्दै घटस्थापना

जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा नयां लिङ्गा खडा गर्दै घटस्थापना
जुम्ला – कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नया निङ्गा ठड्याएर घटस्थापना गरिएको छ । मन्दिरमा लिङ्गा खडा गरे संगै जुम्लीहरुले घरघरमा घटस्थापना गरेका छन् । परम्परा अनुसारनै मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लीहरुले आफ आफ्नो घरमा घटस्थापना गरेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्याजा (कपडा) राखिन्छ ।
परम्पुर्खा देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिङ्गाहरु झिकेर नया“ लिङ्गा खडा गर्ने गरेको संस्कृतिकविद एवं स्थानीय जनाकार रमानन्द आचार्यले वताए । ‘तत्कालीन राजाले चिनबाट युद्ध झितेर फर्कदा गजुर ल्याएर मन्दिरमा जढाएको र १४९८ सालबाट यो मन्दिरमा लिङ्गा गाड्ने परम्परा रही आएको छ’ उनले भने, ‘प्रत्येक दिन पुजा हुने प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक विशेष पुजा हुने र एक वर्षमा ५२ हप्ता हुने भएकाले ५२ हाते ध्वाजा सहित ५२ हाते लिङ्गा खडा गरि घटस्थापना गर्ने चलन रहिआएको छ’ ।
चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गाका लागि ५२ हाते ध्वाजा मुगु जिल्लाबाट आउने, लिङ्गामा लगाउने गेरुे र लिङ्गाको टुप्पोमा लगाउने चौरीको फुर्का र थप्का हुम्ला जिल्लाबाट आउने र लिङ्गा खडा गर्नका लागि कालिकोटबाट लडा (डोरी) आउने चलन रहेपनि पछिल्लो समय विस्तारै यो परम्परा हराउदै गएको स्थानीय जानकार चित्रलाल श्रेष्ठले वताए । अहिले सवै ब्यवस्था गुठिलेनै गर्ने गरेको छ उनले भने, लिङ्गा ल्याउदा देखि मन्दिरमा खडा गर्दा सम्म सेना र प्रहरीको सहयोग लिनुपर्ने वाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *