खोज्नुहोस

राप्रपा जुम्लाबाट प्रत्यक्षमा ज्ञानेन्द्र शाही र समानुपातिकमा अनिल थापा उम्मेदवार सिफारिस

जुम्ला – राष्ट्यि प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवारमा ज्ञानेन्द्र बहादुर शाहीलाई एकल सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहीलाई राप्रपा जुम्लाले प्रत्यक्ष तर्फ एकल सिफारिस गरेको हो ।
त्यस्तै समानुपातिक युवा नेता अनिल थापा सहित पुरुष तर्फ ८ जना, समानुपातिक महिला तर्फ ३ जना र दलित ३ जनाको नाम सिफारिस गरिएको छ ।
पुरुष तर्फ रमानन्द न्यौपाने, विर्ख बहादुर कठायत, पूर्णसिंह कठायत, गंग प्रसाद उपाध्याय, बिन बुढा, जयन्त महत, अनिल थापा र असमिन सेजुवालको नाम सिफारिस गरिएको छ ।
भने महिला तर्फ पन्चकली बुढा, बसन्ताकुमारी शाही, जानेदवी शर्माको नाम सिफारिस गरिएको छ । दलित तर्फ बल बहादर बस्याल, बिपुना नेपाली रमहालक्ष्मी बिटालुको नाम सिफारिस गरिएको छ ।
बुधवार प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारको नामवली टुग्याएर जुम्लाबाट पठाईएको छ । राप्रपा जुम्लाका कार्य बहाक अध्यक्ष देविकृष्ण न्यौपानेका अनुसार केन्द्रको मंसिर २८ को पत्रनुसार आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरी पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *