खोज्नुहोस

काँग्रेसको विशेष महाधिवेशनमा २६६२ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता, कुन प्रदेशबाट कति ?

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको पहिलो दिन २६६२ महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् ।

विशेष महाधिवेशन आयोजक सचिवालयक युवराज पाण्डेयले दिएको जानकारी अनुसार पहिलो दिन २६६२ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

जसमा कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् ।

नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् । अब दोस्रो दिन सोमबार विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान १० बजेदेखि शुरु हुने भएको छ भने प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि नै शुरु हुने भएको छ ।

 

Single Image

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *