खोज्नुहोस

जुम्लाकाे एकमात्र निर्वाचन क्षेत्रमा १० जनाकाे उम्मेदवारी

जुम्ला- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  एक मात्र निर्वाचन क्षेत्र रहेकाे  जुम्लामा  १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगले ताेकेकाे निर्धारित कार्यतालिका बमोजिम जुम्लामा एक स्वतन्त्र सहित  विभिन्न राजनैतिक दलका १० जना उम्मेदवारले उम्मेदारी दर्ता गरेका हुन् ।

नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली काङ्ग्रेसबाट दीप बहादुर शाही, नेकपाबाट नरेश भण्डारी, रास्वपाबाट बिनिता कठायत र राप्रपाका ज्ञान बहादुर शाही, नेमकिपाबाट विर्खबहादुर रावत, प्रलोपाबाट मनऋषि धिताल, नेजपाका रनिल बिक्रम शाही, नेकपा (माओवादी) बाट बिर्ख बहादुर शाही र स्वतन्त्रबाट भक्त बहादुर रावलले उम्मेदवारी दर्ता गरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जुम्लाले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *