खोज्नुहोस

मुगुका युवा चुनावी मैदानमा

मुगु—जिल्ला स्थित छायानाथ रारा नगरपालिका—३ का ३९ बर्षिय भिमबहादुर तिरुवा अहिले चुनावी मैदानमा उत्रिएका छन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचमा कांग्रेसले उनलाई समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगमा बन्दसुचीमा समेत परेपछि तिरुवा भोट माग्न मतदाताको घरदैलो अभियानमा लागेका छन ।नेपाल पत्रकार महासंघ मुगु शाखाका सचिव प्रेस युनियनका उपाध्यक्ष दलित संघका केन्द्रीय सदस्य तथा हाल कांग्रेसका महासमिति सदस्य समेत रहेका तिरुवा पहिलो पटक कांग्रेस बाट प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन पिछडिएको दलित बर्गको उत्थान, युवा रोजगार, सडक, कृषि, शिक्षा स्वास्थ्य लगायतका चुनावी एजेण्डा बोकेर तिरुवा आम मतदातासामु भोट माग्ने जुटेका छन ।

खत्याड गाउपालिका—२ का २५ बर्षिय भुवन टमाटा पनि चुनावी मैदानमा उत्रिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उनलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ उम्मेदवार बनाए पछि टमाटा भोट माग्न घरदैलो अभियानमा लागेका छन । मुगुमा कांग्रेस, एमाले र माओबादी पार्टीको गड भत्काउन रास्वपा पार्टी दाउमा छन । समाजमा भएका भ्रष्टचार र ब्यथितिको अन्त्य, परम्परागत धार्मिक सांस्कृतिको संरक्षण, पर्यटकिय प्रर्बद्धनको बिकास, जडिबुटी उत्पादन तथा संरक्षण, आधुनिकिकरण कृषि उत्पादनमा जोड, शिक्षा र स्वास्थ्यमा गरिव बर्गको पहुच लगायत प्रमुख चुनावी एजेण्डा बोकेर रास्वपाका उम्मेदवार टमाटा मतदातासामु भोट माग्दैछन ।

भुवन टमाटा भन्छन गाउबस्तीमा भोट माग्न जादा मतदाताहरु अहिले सम्म पुराना पार्टीलाई भोट हाल्दै थकिसक्यौ अब नया पार्टीलाई भोट हाल्ने चाहाना छ भनेर सुनाउछन । मुगु खत्याड गाउपालिका—९ का ४७ बर्षिय रंगबीर परियारसंगम अहिले चुनावी मैदानमा छन । नेत्र बिक्रम चन्द बिप्लव नेकपा माओबादी पार्टीले संगमलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ ।प्रेमको प्रतिक गुलाब चिन्ह लिएर उनी मतदातासामु भोट माग्दैछन । नेकपा माओबादीको केन्द्रीय सदस्य तथा जिल्ला इन्र्चाज भएर संगमले सुशासन र भ्रष्टचार बिरोधको आवाजलाई जनतासंग बुलन्द बनाउदै गए । भ्रष्टचारको बिरोध अभियानमा आफु २४ दिन मुगु हिराशतमा बस्नु परेको संगमले सुनाए । ठेकेदारी प्रथा र आफन्तलाई योजना बाडने चलनको अन्त्य नभए सम्म मुगुको समृद्धिको सपना पुरा नहुने उनको भनाई छ ।

जिल्ला स्थित छायानाथ रारा नगरपालिका—१ का एटन मल्ल पनि चुनावी मैदानमा छन प्रगतीशिल लोकतान्त्रिक पार्टीले मल्ललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ उम्मेदवार बनाए पछि भोट माग्न घरदैलो अभियानमा जुटेका छन । समाजमा भ्रष्टचार ब्यथितिको अन्त, सुशासन र पारदर्शिता शिक्षा स्वास्थ्य रोजगारी जस्ता मुख्य चनावी एजेण्डा बोकेर मल्ल मतदातासामु भोट माग्न घरदैलो अभियानमा लागेका छन ,।

Leave a Reply

Your email address will not be published. Required fields are marked *