खोज्नुहोस

गाउँपालिकामा औषधि खरिदमा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

हुम्ला – हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालसमेत चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाको औषधि खरिदमा अनियमितता गरेको प्रमाणित भएपछि गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका संचालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, स्वास्थ्य शाखा प्रमुख स्याङकु र सहलेखापाल सुनारविरुद्ध एक लाख ९१ हजार ८५० बिगो माग गरेको छ भने आर्यन फार्माका संचालक भुजुवाविरुद्ध एक लाख ९० हजार ८ सय बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेको जनाएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *