खोज्नुहोस

फागुन २१ को चुनावका लागि तीन दिनको सार्वजनिक बिदा सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिएको हो ।

आयोगले निर्वाचन प्रक्रियामा सहजता र मतदाताको सहभागिता बढाउन बिदा आवश्यक ठानेको जनाएको छ । सार्वजनिक बिदा दिने वा नदिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *