खोज्नुहोस

नेप्से २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४५ कम्पनिका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर ११ अर्ब ९७ करोड ४६  लाख ९६ हजार ८८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज  सालपा विकास बैंक, रिलायन्स स्मिनिंग मिल्स, अपर हेवा खोला हाइड्रो र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्डको शेयर ४.३९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको शेयरमा ६८ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ६६ करोड १४ लाखको कारोबार भएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *