खोज्नुहोस

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

कर्णाली । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

सातौँ अधिवेशनले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो । यस अधिवेशनले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल र कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारिएको छ बुँदे संकल्पपत्र समेत सभामा प्रस्तुत गरिएको छ ।

सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गत माघ १८ गतेदेखि यही चैत १५ गतेसम्म गरी दश वटा बैठक १३ घण्टा ४२ मिनेट बसेको थियो ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *