खोज्नुहोस

सेबोनको अध्यक्ष सिफारिस समितिका संयोजक भट्टले किन दिए राजीनामा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका हुन् ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दाहाल सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति बनाएको थियो ।

सेबोनको अध्यक्षका प्राप्त ४७ जनाको आवेदनमा भट्टका दाइँले पनि आवेदन दिएपछि सिफारिस समितिबाट उनले राजीनामा दिएको बताइएको छ । नाताले दाइँ पर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले पनि आवेदन दिएपछि नैतिकताको आधारमा राजीनामा आएको बुझिएको छ ।

भट्टको राजीनामासँगै सेबोनको अध्यक्ष छनौटको प्रक्रिया केहि समयका लागि अवरुद्ध भएको छ । अब सरकारले सिफारिस समितिको संयोजक नियुक्त गरेपछि मात्रै सेबोनको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *