दोस्रो लाङ्टाङ ट्रेल रन सम्पन्न
रसुवा – रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न लाङ्टाङ ट्रेल रन: पुरुषतर्फ सोलुखुम्बुका मिलन र महिलातर्फ काठमाडौंकी अञजुली प्रथम भएका छन् ।
‘लाङ्टाङ ट्रेल रन’ (दोस्रो संस्करण) अन्तर्गत लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन्। २ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन्। तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
महिलातर्फ ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा काठमाडौँ दक्षिणकाली नगरपालिका–९ की अञ्जली गुरुङ प्रथम भएकी छन्। नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भएकी छन्। अस्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन्।
ट्रेल रनमा विजेता धावकहरू महिला तथा पुरुष दुवैतर्फ क्रमश: प्रथम, दोस्रो र तेस्रो हुनेलाइ क्रमश १ लाख, ७५ हजार र ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएकाे आयाेजकले जनाएकाे छ । त्यस्तै चौथो र पाँचौँ हुने खेलाडीलाई दुवैतर्फ सान्त्वना स्वरूप क्रमश: नगद २५ हजार र १५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको हाे ।
खेलकुद मार्फत लाङ्टाङकाे पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको ‘लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले क्याङजिन पुगेर ‘लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन गरेका हुन्। वागतमति प्रदेश भित्रका पर्यटकिय गन्तब्य मध्य लाङ्टाङलाइ प्राथमिकता दिइ खेलकुद पर्यटन मार्फत पर्यापर्यटन र प्रकृतिसग रमाउने स्वदेशि तथा विदेशि पर्यटक आकर्षण बढाउन लागिपरेकाे मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वताए ।
खेलकुदकाे माध्मायमबाट पर्यटनमा टेवा पुराउनकाे लागि लाङ्टाङ ट्रेल रनलाइ निरन्तरता दिने वागमति प्रदेश सरकारका सस्कृति पर्यटन मन्त्री सुरेस श्रेष्ठले वताए । ट्रेल रनले आन्तरिक तथा वाह्य पर्यटकलाइ पनि आकर्षित गरिरहेकाे छ उनले भने याे देस्राे सस्करण हाे यसले अव वर्षेनि निरन्तरता पाउन्छ । वागमति प्रदेश भित्रका पर्यटकीय गन्तब्य मध्यकाे लाङ्टाङ एक प्रमुख गन्तब्य हाे ।
ट्रेल रनका लागि विदेशीसहित १०० भन्दा बढी धावकहरू सहभागी भएको रसुवा–नुवाकोट पर्यटन समाजले जनाएकाे छ ।