काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले दुवै पदाधिकारीलाई शपथ गराएका हुन् । यसअघि शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
