काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक बिहान ११: ३० बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमामा बस्दैछ ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ । बैठकमा सुरुआतमै शून्य समय राखिएको छ। त्यसपछि बीपी स्मृति दिवसका अवसरमा सम्पन्न वृक्षरोपण तथा अन्य कार्यक्रमहरूको समीक्षा गरिने कार्यसूची रहेको छ । यस्तै, प्रतिष्ठानअन्तर्गत रहेका उपसमितिहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन्। आवश्यकताअनुसार थप उपसमिति विस्तार गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा विविध एजेन्डामाथि समेत छलफल हुने कार्यसूची रहेको नेपाली कांग्रेसले जनाएको छ ।
