खोज्नुहोस

मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

विहिबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको नेता लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार एमालेले वडा र पालिकाको अधिवेशन गर्ने समेत निर्णय गरेको छ । जसमा वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा गर्ने निर्णय गरेको नेता भट्टले जानकारी दिए । उनका अनुसार पार्टीले त्यसपछि प्रदेश स्तरीय भेला पनि आयोजना गर्नेछ ।

बैठकले समानुपातिकतर्फ रिक्त पदमा खातुनलाई पठाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार खातुन एमालेको समानुपातिक बन्दसूचीको ४० नम्बरमा थिइन् । सांसद जैनब खातुनको निधनपछि उक्त सांसद पद रिक्त थियो ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *