खोज्नुहोस

सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले यसका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा धान खरिद गर्ने योजना बनाएको हो ।

मन्त्रालयले वैज्ञानिक विधिबाट निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने तयारी गरेको जनाएको छ। धान खरिद गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले कृषि मन्त्री गीता चौधरीले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् ।

आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँ र तिहारको बीचमा धान खरिद प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। सरकारले तोकेको मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता घट्ने अपेक्षा गरिएको छ ।

सरकारको यो योजनाले किसानलाई उत्पादन बिक्री गर्न सहज बनाउने तथा धानको बजार व्यवस्थापनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *