खोज्नुहोस

दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदै

काठमाडौँ । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार राजकीय भ्रमणका लागि भारत गएका थिए ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *