काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरेको छ ।
आयोगले गत असोजमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति, संशोधित विधान तथा राजनीतिक दस्तावेजलाई औपचारिक रूपमा अद्यावधिक गरेको हो ।
आयोगको मंगलबार बसेको बैठकले कांग्रेसले पेस गरेका कागजात र महाधिवेशनका निर्णय अध्ययन गरी अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
यससँगै गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगको अभिलेखमा नयाँ कार्यसमिति र संशोधित विधानसहित अद्यावधिक भएको छ ।
