खोज्नुहोस

प्रधानसेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको संयमित हुन आग्रह, संवादबाट समाधान नकालौं

काठमाडौं । सुरक्षा निकायका प्रमुख र मुख्यसचिवले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले संयमित हुन आग्रह गरेका छन् ।

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्रका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले अपिल जारी गर्दै राजनीतिक संवादको माध्यमबाट समाधान निकाल्न आग्रह गरेका हुन।

अपिलमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *