खोज्नुहोस

जाडोको असर : आगो बालेर पढदै मुगुम कार्मारोङका विद्यार्थी

मुगु —मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु गाउ  स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पढने बिधार्थीहरु अत्याधिक जाडोले आगो बालेर बढन थालेका छन । मुगुम कार्मारोङ गाउपालिका क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षा कोठाभित्र बस्न नसकी खुला चौरमै आगो बालेर र अध्ययन गर्नु पर्ने अबस्था आएको छ ।

कार्मारोङ गाउपालिकाको पुलू, किम्री, ताखा। खारी, रिउस, पुवा, दाउरा लगायत बस्तीमा अध्याधिक जाडो बढेपछि बिधार्थीहरु दिउसै आगो बालेर पढने गरेका छन ।उक्त क्षेत्रमा हिमपात र बर्षा नभएपनि सुक्खा जाडोले जनजीवन प्रभावित बनाएको छ । धारा खोलानालामा बगर जमेको छ । जाडोले तिब्बत सिमा क्षेत्र संग जोडिएको मुगु गाउका स्थानीय बाहिरिएका छन ।
विद्यालय रहेको भौगोलिक अवस्थाका कारण बिहान करिब ८ बजे मात्र घाम लाग्ने र दिउँसो करिब १ बजेपछि घाम अस्ताउने कारणले गर्दा शिक्षक बिधार्थीहरु आगोको भरमा अध्यायन अध्यापन गर्न बाध्य भएका छन । दिन भरमा झण्डै ३ घण्टामात्रै घाम देखिने हुँदा घाम अस्ताएसँगै कडा चिसो बढ्ने गरेको शिक्षकको भनाई छ ।

प्रति दिन जाडो मौसम झन् बढ्दै जाँदा विद्यार्थीहरूको नियमित उपस्थितिमा कमी आउन थालेको छ । जाडोका कारण तल्लो कक्षाका विद्यार्थीहरू बढी प्रभावित भएका छन ।नेपाल राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर रोकाया भन्छन कक्षा कोठामा न्यानोपनको कुनै व्यवस्था छैन आगो बालेर पढनु पर्ने अबस्था छन ।सोही विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर रोकायाका अनुसार चिसो मौसमका कारण विद्यार्थीहरूको उपस्थितिमा कमी आएको र कक्षामा ध्यान केन्द्रित गर्न कठिन भइरहेको बताए ।हिमपात र बर्षा नभएपनि कार्मारोङमा हिजोआज अत्याधिक जाडो बढेर जनजीवन प्रभावित हुन थालेको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । पुस १५ देखि कार्मारोङको माथिल्लो बस्तीमा रहेका बिद्यालयहरुमा एक महिना जाडो बिदा दिने गरिएको अध्यक्षको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *