खोज्नुहोस

मुगुमा भाइरल इन्फ्लुएन्जा प्रकोप, विशेषज्ञ चिकित्सक टोली पठाइदिन स्वास्थ्यमन्त्री समक्ष माग

मुगु—हिमाली जिल्ला मुगुमा केही साता अघि देखि फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा रोगको प्रकोप नियन्त्रणको लागि तत्काल विशेषज्ञ चिकित्सक टोली पठाइदिन युवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा त्रिपाठी संग माग गरेका छन ।नेबिसंघ केन्द्रीय सदस्य आशिष देवकोटा सोरु गाउपालिकाका पूर्व वडाअध्यक्ष मनप्रसाद भट्ट स्थानीय युवा सन्तोष शाही लगायतको युवा टोलीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा त्रिपाठीलाई भेटेर जिल्लाको बिभिन्न गाउ“बस्तीमा फैलिएको इन्फ्लुएन्जा नियन्त्रणका लागि बिशेषज्ञ चिकित्सकको टोली पठाइ दिन माग गरेका छन ।

युवाले मन्त्री समक्ष बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञ सहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टा भित्र मुगुमा पठाउन उल्लेख गरिएको छ । कर्णालीले सधै सहेर बाच्न सिकेको छ सहनशीलताको पनि सिमा हुन्छ युवाले मन्त्री समक्ष बताएका छन ।मुगु जिल्लाको चारवटै स्थानीय तहका विभिन्न बस्तिमा केही दिनयता भाइरल इन्फ्लुएन्जा (रुघाखोकी–ज्वरो) को प्रकोप फैलिएको छ । वर्षा र हिमपात नहुनु, सुक्खा अत्याधिक चिसो तथा धुलो–धुवाँका कारण फैलिएको भाइरल ज्वरोको फैलिएको चिकित्सकको भनाई छ ।

अज्ञात रोगका कारण छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँमा मात्रै मंसिर देखि हाल सम्म पाँच जनाको मृत्यु भएको वडाअध्यक्ष जुनबहादुर खड्काले बताए । वडाअध्यक्षका अनुुसार मृत्यु हुनेमा ५७ वर्षका जुद्ध रोकाया, ६० वर्षीया मुनसिला बढुवाल, ६२ वर्षका कृष्णबहादुर बुढा, एक तीन महिनाको शिशु तथा दुई वर्षको एक बालक रहेका छन ।रोग नियन्त्रणका लागि नगरपालिकाले पुस ५ गते बाम गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिबिरमा ३ सय २६ जनाको स्वास्थ्य परिक्षण गरेका छ । मुगुम कार्मारोङ गाउँपालिका–७, ८ र ९ नम्बर वडाका पाँच बस्तीमा पनि रुघाखोकी, भाइरल इन्फ्लुएन्जाले सर्वसाधारण बिरामी परेका छन ।

मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बली बुढाका अनुसार पाँचवटै बस्तीमा पुगेर स्वास्थ्य जाँच गर्दा सबैमा भाइरल इन्फ्लुएन्जाका लक्षण देखिएको छ । बिरामीलाई औषधि उपचार गरिएको उनको भनाई छ ।  सोरु गाउँपालिकाको केही बस्तीमा पनि रुघाखोकी फैलिएर स्थानीय बिरामी पर्न थालेका छन । बिरामीहरु ३ देखि ५ दिनसम्म थला पर्ने गरेका छन । जिल्ला अस्पतालमा औषधि उपचारको लागि आउने बिरामी मध्ये ५० प्रतिशतलाई भाइरल इन्फ्लुएन्जाको  लक्ष्यण  देखिएको निमित्त   जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. पुजा आर्चायको भनाई छ । चिसोले गर्दा दैनिक ५० देखि ६० जना बिरामीहरु औषधि उपचारको लागि आउने गरेको उनको भनाई छ ,।

निमित्त कार्यालय प्रमुख आर्चायका अनुसार रुघाखोकी भाइरल इन्फ्लुएन्जा फैलिएको बस्तीमा स्वास्थ्य शिबिर संचालन गरि खटएर ३ सय जना भन्दा बढी उपचार गरिएको छ । जिल्ला अस्पतालमा भाइरल इन्फ्लुएन्जाको लागि औषधिको समस्या नरहेको निमित्त कार्यालय प्रमुख आर्चायको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *