खोज्नुहोस

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यतालिका

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यतालिका रहेको छ ।

त्यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘विधायन व्यवस्थापन समतिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै आज प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशिला कार्कीले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित चलचित्र विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र चलचित्र विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *