खोज्नुहोस

प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ ।  आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जानकारी दिएको छ  ।

बिहान साढे ९ बजे कृषि समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरणको कार्यसूची रहेको छ ।

त्यस्तै बिहान १० बजे बस्ने  महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाती आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान १० बजे नै हुने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *